PahiloPost

Mar 17, 2026 | ३ चैत्र २०८२

अदालतले सफाइ दिएपछि माओवादी सांसद ल्हारक्याल लामाको निलम्बन फुकुवा



पहिलोपोस्ट

अदालतले सफाइ दिएपछि माओवादी सांसद ल्हारक्याल लामाको निलम्बन फुकुवा

काठमाडौं : ल्हारक्याल लामामाथि व्यवस्थापिका–संसदले गरेको निलम्बन फुकुवा भएको छ। फौजदारी अभियोग लागेपछि उनलाई संसदले निलम्बन गरेको थियो।

अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्ने क्रममा इन्भेस्टमेन्ट बैङ्कमा रहेको उनको लकरमा अवैध हतियार भेटाएको थियो। त्यसपछि हातहतियार तथा खरखजाना मुद्दा चलेपछि बैसाख ३० देखि उनी सांसदबाट निलम्बित थिए।

अख्तियारले साढे ९ करोड रुपैयाँ भ्रष्टाचार गरेको दाबी गर्दै लामाविरुद्ध विशेष अदालतमा परेको मुद्दा दायर गरे पनि उनी एक करोड धरौटी बुझाइ साउन २६ गते हिरासतमुक्त भएका थिए। उनको मुद्दामा गएको कात्तिक ३० गते नै अदालतले सफाइ दिइसकेको छ।
 
लामा माओवादी केन्द्रका सांसद हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell