PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

शुक्रबार राति र शनिबार बिहान टेलिकमको सेवा अवरुद्ध हुने



पहिलोपोस्ट

शुक्रबार राति र शनिबार बिहान टेलिकमको सेवा अवरुद्ध हुने

काठमाडौं : शुक्रबार र शनिबार नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध हने भएको छ।
 
कम्पनीको जिएसएम पोस्टपेड मोबाइल सेवालाई कन्भर्जेन्ट रियल टाइम बिलिङ सिस्टममा माइग्रेसन गरिने भएकाले शुक्रबार राति ११ बजेपछि सेवा अवरुद्ध हुने भएको हो। शनिबार बिहानसम्म अवरुद्ध हुन सक्ने टेलिकमले जनाएको छ।
 
बिलिङ सिस्टमलाई व्यवस्थित र सहज बनाउनका लागि डेटा माइग्रेसन गर्नुपरेको टेलिकम प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन्। उनले रातिको समयमा काम हुने भएकाले ग्राहकलाई धेरै समस्या नपर्ने बताइन्। डेटा माइग्रेसन नियमित प्रक्रिया भएकाले टेलिकमका अन्य सेवा भने नियमित सुचारु हुने उनको भनाइ छ।
 
कम्पनीको वायरलेस सेवा अन्तर्गतका जिएसएम तथा सिडिएमए सेवाका भ्वाइस, डाटा, एसएमएस, वाइम्याक्स र रिजार्ज सेवा समेत अवरुद्ध हुन सक्ने टेलिकमको भनाइ छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell