PahiloPost

Mar 16, 2025 | २ चैत्र २०८१

च्यारिटी म्याचका लागि नेपाल र फ्रेन्डस् अफ जापान तयार



पहिलोपोस्ट

च्यारिटी म्याचका लागि नेपाल र फ्रेन्डस् अफ जापान तयार

काठमाडौं : नेपाल र जापानको दौत्य सम्बन्ध ६० वर्ष पुगेको अवसरमा हुन लागेको 'च्यारिटी फुटबल म्याचका' लागि नेपाल फुटबल टीम र 'फ्रेण्ड्स अफ जापान' तयार रहेको बताएका छन्।

शुक्रबार एन्फा कम्प्लेक्समा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुवै टीमका प्रशिक्षक र कप्तानले खेलका लागि आफुहरु उत्साहित रहेको जित्ने बताए।

अखिल नेपाल फुटबल संघ एन्फा र जापानी एनजिओ कोलोरवथको संयुक्त प्रयासमा खेल हुन लागेको हो।

फ्रेण्ड्स अफ जापानी टोलीमा सन् २००२ मा विश्वक खेलेका टोदा काजुयुकी नेतृत्वमा १६ खेलाडी नेपाल आएका हुन्।

फ्रेण्ड्स अफ जापानका कोच कम प्लेअर तोदाले आफुहरु खेल जित्न यहाँ आएको बताए। 'मैले नेपालको ब्रुनाई र लाओस सँगको म्याच हेरेको थिएँ र हामी नेपालसँग खेल्नको लागि तयार छौं,' उनले भने।

'ग्योले हामीलाई युथ लेभलमा प्रशिक्षण गराएका थिए। भोलि हुने खेलमा उनीविरुद्ध जित हात पार्न म प्रयास गर्नेछु,' तोदाले भने।
 
भ्रमणकारी टोलीका कप्तान योसुके नोजावाले आफ्नै पूर्व कोच विरुद्ध खेल्नु आफ्नो लागि विशेष रहेको बताए।

'म युवा हुँदा ग्योको प्रशिक्षयामा खेलेको थिएँ, अहिले उनकै टीम विरुद्ध यहाँ खेल्न पाउनु विशेष लागेको छ। तर यसो भन्दैमा हामी नेपाललाई कमजोर आक्दैनौं। हामी मैदानमा जित्नकै लागि खेल्छौं,' उनले भने।

यस्तै नेपालका जापानी प्रशिक्षक ग्योतोकु कोजीले पनि आफ्नो टीम कुनै दबाबमा नरहेको र जित्नकै लागि खेल्ने बताए।

'हाम्रो टीममा चोटको केही समस्या रहे  पनि खेल जितनको लागि हामी सक्षम छौं। हामी भर्खरै प्रतियोगिता जितेर आएका छौं र यहाँका समर्थकका लागि हामी उत्कृष्ट खेल्नेछौं,' कोजीले भने।

नेपालका कप्तान अनिल गुरुङले आफुहरुले एक दिनको मात्र आराम पाए पनि जापानिज टोलीविरुद्ध खेल्न तयार रहेको भन्दै खुसी साटे, 'हामी भर्खरै टुर्नामेन्टमा सफलता हासिल गरेर आएका छौं र यो खेल पनि जित्दै हाम्रो समर्थकहरुसँग जित बाँड्न चाहन्छौं।'

नेपाल र फ्रेण्ड्स अफ जापानबीचको च्यारिटी फुटबल खेल शनिबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो १ बजे सुरु हुनेछ।

खेल हेर्नका लागि एक हजार १५ सयको टिकट व्यवस्था गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell