PahiloPost

Sep 20, 2026 | ४ असोज २०८३

​निखिल स्टारर ‘किङ’ पुस २९ मा रिलिज हुने



पहिलोपोस्ट

​निखिल स्टारर ‘किङ’ पुस २९ मा रिलिज हुने

काठमाडौं : निखिल उप्रेती स्टारर फिल्म ‘किङ’ को रिलिज डेट सार्वजनिक भएको छ। माघे संक्रान्तिको अवसरमा प्रदर्शनमा आउन लागेको फिल्मलाई फिल्म युनिटले पुस २९ गते फाईनल रिलिज मिति तय गरेको हो।

एक वर्षपछि पर्दामा देखिन लागेको निखिलको 'लुटेरा' प्रदर्शन भएयता यो पहिलो फिल्म हो। फिल्ममा निखिलसँगै बेनिशा हमाल र अनुप विक्रम शाही मुख्य भूमिकामा रहेका छन्। 

यस्तै रुपा राना, प्रज्वलसुजल गिरी र प्रस्तुतकर्ता समेत रहेका जगन श्रेष्ठको पनि फिल्ममा अभिनय रहेको छ।

जगन श्रेष्ठको प्रस्तुतीमा तयार भएको फिल्मका निर्माता जयन श्रेष्ठ हुन् भने फिल्मलाई सबिर श्रेष्ठले निर्देशन गरेका छन् ।

काठमाडौं, लुम्बिनी तथा नगरकोट लगायतका स्थानमा द्धायांकन गपिरएको फिल्मलाई सञ्जय लामाले खिचेका हुन्। फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ भने दिनेश सुनाम र वसन्त सापकोटाको संगीत छ। नृत्य निर्देशन रामजी लामिछानेले गरेका छन्।

निर्माण घोषणा भएदेखि नै प्रतिक्षित बनेको फिल्म 'किङ'को अफिसियल टिजर समेत सार्वजनिक गरिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell