A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6aaf8d3ee43f46.16069942): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6aaf8d3ee43f46.16069942,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

बागमती क्षेत्रको युएन पार्क व्यवस्थित गर्ने सहरी विकास मन्त्रीको योजना
PahiloPost

Sep 20, 2026 | ४ असोज २०८३

बागमती क्षेत्रको युएन पार्क व्यवस्थित गर्ने सहरी विकास मन्त्रीको योजना



पहिलोपोस्ट

बागमती क्षेत्रको युएन पार्क व्यवस्थित गर्ने सहरी विकास मन्त्रीको योजना

काठमाडौं : सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले काठमाडौं र ललितपुरको बागमती नदी किनारमा रहेको संयुक्त राष्ट्रसंघीय पार्क क्षेत्रको संरक्षण र विकासका लागि १५ दिनभित्र आवश्यक कदम चाल्ने बताएका छन्। 

शुक्रबार पार्क क्षेत्रको अवलोकन गर्न पुगेका मन्त्री केसीले पार्क विकास समितिको गुरुयोजनामा आवश्यक परिमार्जन समेत गरेर १० दि भित्र आवश्यक रणनीति बनाउन मन्त्रालयका उच्च अधिकारीहरुलाई निर्देशन दिए।
 
'सरकारले एउटा निश्चित उद्देश्यसहित युएन पार्कको अवधारणा ल्याएको थियो, वर्तमानमा पार्क क्षेत्रको अवस्था दुदर्शापूर्ण रहेको पाइएको छ,' मन्त्री केसीले, 'न्यूनतम आधारभूत मापदण्ड तयार गरेर पार्क क्षेत्रको विकास गरिन्छ, त्यसमा स्थानीयवासीको समेत संलग्नता अपेक्षित छ।'

त्यस क्रममा स्थानीय वाराही टोल सुधार समितिसँग आबद्ध स्थानीयहरुले युएन पार्क क्षेत्रका जमिनहरु अतिक्रमणको चपेटामा पर्दै गएको र पार्क क्षेत्रको स्वरुप नष्ट हुँदै गएको भन्दै संरक्षणका लागि आवश्यक पहल गर्न मन्त्री केसीसँग आग्रह गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell