PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

मकवानपुरमा भएको कार दुर्घटनामा दुई जनाको मृत्यु, उद्धारमा जुटे कमल थापा



पहिलोपोस्ट

मकवानपुरमा भएको कार दुर्घटनामा दुई जनाको मृत्यु, उद्धारमा जुटे कमल थापा

हेटौंडा : मकवानपुरको भीमफेदी-कुलेखानी सडकखण्डमा आज बिहान कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। काठमाडौंबाट हेटौंडातर्फ आइरहेको बा ३ च ९२८९ नम्बरको निजी कार चुरीखेत भन्ने ठाउँमा दुर्घटनामा परेको थियो।

घटनास्थलमै मृत्यु हुनेमा एक पुरुष र एक महिला छन्। उनीहरुको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक वासुदेव थापाले जानकारी दिए। घाइते भएका तीन जनाको उपचार भइरहेको छ।

कार सडकबाट निकै तल खसेको थियो। सोही क्षेत्रमा रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापा दुर्घटनाको जानकारी पाएपछि उद्धारमा खटिएका थिए। (फोटो : टेकराज शाही)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell