PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

​टाउकाको क्यान्सर पीडितका लागि एक लाख रुपैयाँ सहयोग



पहिलोपोस्ट

उर्लाबारी (मोरङ) : पथरीशनिश्चरे–८ जिरिखिम्तीका १२ वर्षीय क्यान्सर पीडित उत्सव धिमालको उपचारका लागि नगरभित्रका विद्यालयले रु एक लाख बढी सहयोग प्रदान गरेका छन्। 

टाउकाको क्यान्सर भएका उत्सवलाई बचाउनका लागि नगरभित्र रहेका आठ विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी तथा सञ्चालकबाट सङ्कलित रु एक लाख १५ हजार १२७ शुक्रबार प्रदान गरिएको हो। 

उत्सवको काठमाडौँस्थित दीर्घायु अस्पतालमा ब्रेन ट्युमर भनेर शल्यक्रिया गरिए पनि क्यान्सर नै भइसकेको भन्दै भारत मुम्बाईको टाटा हस्पिटलले किमोथेरापी विधिबाट उपचार गरिरहेको छ। 

शल्यक्रिया, त्यसपछिको किमोथेरापी सहितका उपचारमा घर समेत धितो राखेर हालसम्म रु १८ लाख बढी रकम खर्च भइसकेको उनका बुबा छत्रबहादुरले बताए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell