PahiloPost

Mar 16, 2025 | २ चैत्र २०८१

चोरी भएको एम्बुलेन्स र मोटरसाइकल प्रहरीले फेला पार्‍यो



पहिलोपोस्ट

चोरी भएको एम्बुलेन्स र मोटरसाइकल प्रहरीले फेला पार्‍यो

वीरगन्ज : पर्साबाट बिहीबार राति ८ बजे चोरी भएको एउटा एम्बुलेन्स र एउटा मोटरसाइकल प्रहरीले फेला पारेको छ।

वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल क्षेत्रबाट भारतको बिहार मोतिहारी जिल्ला गम्हरीया– ६ बस्ने शिव शम्भु प्रसादले चलाउँदै आएको बिआर ०५ पिए ०४२१ नम्बरको एम्बुलेन्स चोरी भएलगतै प्रहरीले खोजी कार्य थालेको थियो।

पर्सा प्रहरीले बारा प्रहरीको सहयोगमा बाराको बसतपुर– ९ बाट चोरी गर्ने चालकसहित एम्बुलेन्स फेला पारेको पर्सा प्रहरीका प्रवक्ता चक्रराज जोशीले जानकारी दिए।

एम्बुलेन्स चोरी गर्ने चालक वीरगन्ज– १४ बस्ने १८ वर्षिय सुरज सहनीमाथि चोरी मुद्दामा थप अनुसन्धान जारी छ।

पर्सा प्रहरीले गत बुधबार वीरगन्ज–मुर्ली बगैचाबाट हराएको मोटरसाइकल पनि फेला पारी सवारी धनीलाई जिम्मा लगाएको छ। वीरगन्ज–२० का अनुप कुमार शर्माको चोरी भएको ना ३ प २८२५ नं. को हिरो होन्डा स्पिेलेन्डर मोटरसाइकल वीरगन्ज–२ छपकैयामा प्रहरीले फेला पारेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell