
- सरिता पौडेल
यही प्रश्नको जवाफ दिँदै कार्यकारी निर्माता एवं मुख्य कलाकार रविन्द्रसिंह बानियाँ भन्छन्, '“धेरैको यही प्रश्न रह्यो। सिक्वेल बन्छ, दर्शकहरुले हेर्न पाउनुहुनेछ।' जात्रा–२ कहिले बन्नेबारे भने उनले खुलाएनन्।
जात्राको प्रचार–प्रसार क्रममा निर्माण टोली चितवन आइपुगेको छ। निर्देशक प्रदीप भट्टराई भन्छन्, 'हामीले विल्कुलै नयाँ तरिकाले फिल्मको समापन गरेका छौं, सधैं हिरो विजयी भएको देखाइन्छ, तर यसको कथालाई हामीले दुःखको अवस्थामा पुर्यायएका छौं, कथाले नयाँ मोड लिएको छ।' उनले जात्रा–२ निर्माण हुने संकेत गर्दै दर्शकहरुको चाहनाअनुसार नै अघि बढ्ने बताए। आफ्नो पहिलो निर्देशनलाई दर्शकले मन पराएकोमा खुसी व्यक्त गर्दै उनले स्थानीय कथावस्तुलाई उठान गर्दै आगामी दिनमा पनि अरु पनि निर्देशन गर्ने बताए।

नायक विपीन कार्कीले भने ‘भस्मे’बाट अब अर्को आफ्नो नयाँ पहिचान यही फिल्बाट दिएको बताएका छन्। नायिका वर्षा राउतले उत्कृष्ट कथा, राम्रो निर्माण टिम भएकाले आफू विवाहित महिलाको भूमिकामा दोहोरिएको बताइन्। उनले आफ्ना फिल्म हिट भइरहेकोमा खुसी व्यक्त गर्दै आफ्नो मेहनत र भाग्यले साथ दिएको बताइन्।
दोस्रो हप्तामा प्रवेश गरिसकेको जात्रा करोड क्लबमा पनि प्रवेश गरेको छ।