PahiloPost

Mar 16, 2025 | २ चैत्र २०८१

काकाकुल काठमाडौंको मेलम्ची सपना, ११ फोटोमा हेर्नुस् यसरी हुँदैछ काम

काकाकुल काठमाडौंको मेलम्ची सपना, ११ फोटोमा हेर्नुस् यसरी हुँदैछ काम

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : वर्षौंदेखि राजधानीमा बहुप्रतीक्षित मानिएको मेलम्ची खानेपानी आयोजनाको काम अन्तिम चरणमा छ। केही महिनाभित्रै अब उपत्यकावासीले मेलम्चीको पानी प्रयोग गर्न पाउनेछन्।

मेलम्ची खानेपानी आयोजनाका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीका अनुसार आउँदो दसैंअगाडि नै मेलम्चीको पानी राजधानी भित्रनेछ।

पानी प्रशोधन केन्द्र निर्माणको काम ९५ प्रतिशत सम्पन्न भएको छ। यो केन्द्रले ८ करोड ५० लाख लिटर पानी प्रशोधन गर्छ। यसको काम फागुनसम्म सक्ने र अर्को ८ करोड ५० लाख लिटर पानी संशोधन केन्द्रको निर्माण भने पुसदेखि सुरु गरिने पनि दुवाडी बताउँछन्। हालसम्म २१ दशमलव १९४ किमि सुरुङ निर्माण भइसकेको छ भने ६ दशमलव ३९ किमि निर्माण बाँकी नै रहेको आयोजनाले जनाएको छ। 

उपत्यकामा मेलम्चीको पानी वितरणका लागि मात्र ६७० किमि पाइपलाइन बिछ्याउनुपर्छ। जसमा ४१९ किमिको काम सकिएको आयोजना निर्देशक टिरेसप्रसाद खत्रीले जानकारी दिए। 

सिन्धुपाल्चोकको हेलम्बुस्थित मेलम्ची खोलाबाट २७ किमि सुरुङमार्ग हुँदै पानी ल्याउने योजना छ। योजनाले मूर्तरुप लिने हो भने दैनिक १७ करोड लिटर पानी उपत्यकामा ल्याउने सरकारको योजना दसैंअघि नै पूरा हुनेछ। योसँगै काकाकुल काठमाडौंका बासिन्दाको वर्षौंको सपना पनि साकार हुनेछ।

मेलम्चीको पानी भित्र्याउन उपत्यकाका विभिन्न स्थानमा पाइप बिछ्याउने, ट्यांकी निर्माण गर्ने, सुरुङ खन्ने काम भइरहेका छन्। 
हेर्नुस् यसरी हुँदै छ काम-


ट्रेन्डिङ पोस्ट

Ncell