PahiloPost

Sep 20, 2026 | ४ असोज २०८३

च्यारिटी फुटबल म्याच : नेपालले फ्रेण्ड्स अफ जापानलाई हरायो, नवयुगको निर्णायक गोल



पहिलोपोस्ट

च्यारिटी फुटबल म्याच : नेपालले फ्रेण्ड्स अफ जापानलाई हरायो, नवयुगको निर्णायक गोल

काठमाडौं : नेपालले 'च्यारिटी फुटबल म्याच'मा फ्रेन्डस् अफ जापान टिमलाई पराजित गरेको छ। 

शनिबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले जापानिज टोलीलाई १-० हराएको हो। नेपालको जितमा नवयुग श्रेष्ठले निर्णायक गोल गरे। पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो। नवयुगले ५७औं मिनेटमा गरेको गोल नै नेपाललाई जित दिलाउन पर्याप्त रह्यो।
 
नेपाल र जापानको दौत्य सम्बन्ध ६० वर्ष पुगेको अवसरमा अखिल नेपाल फुटबल संघ र जापानि एजनिओ कलरवथले संयुक्त रुपमा च्यारिटी फुटबलको आयोजना गरेको हो।

युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाली  लगायत खेल पदाधिकारीहरु खेल अवलोकनका लागि उपस्थित थिए।

नेपाल भरखरै मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कपमा च्याम्पियन बनेको थियो। जापानिज टोलीमा सन् २००२ मा विश्वकप खेलेका तोदा काजुयुकी रहे पनि उनले नेपालविरुद्ध खेलेनन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell