PahiloPost

Mar 16, 2025 | २ चैत्र २०८१

साउदीमा अलपत्र परी फर्किएका पाँच युवाले प्रधानमन्त्रीसामु यसरी राखे गुनासो



पहिलोपोस्ट

साउदीमा अलपत्र परी फर्किएका पाँच युवाले प्रधानमन्त्रीसामु यसरी राखे गुनासो

काठमाडौं : साउदीको रियादमा अलपत्र परी नेपाल फर्किएका पाँच युवाहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्।

नेपाल सरकारले उद्धार गरी फर्किएका श्रीभूवनबस्ती–८, कञ्चनपुरका धनबहादुर मिजारले आफूहरु गएको गएको कम्पनी अवैध रहेकाले दिनदिनै प्रहरीले छापा मार्ने गरेको स्मरण गरे। खाना खाएका बेला र रातको समयमा पनि भाग्दै ज्यान जोगाउनुपरेको कष्ट उनले प्रधानमन्त्रीलाई सुनाए।

'प्रहरी आएपछि लुक्नुपर्ने र अरु बेला चोरीको ढुंगाको काम गर्नुपर्ने रहेछ,' आफ्नो पीडा सुनाउँदै मिजारले थपे, ‘मेनपावर र कम्पनीले कुनै वास्ता नगरी उल्टै धम्की दिन थालेपछि हामीले प्रधानमन्त्री कार्यालयमा अनुरोध गरेका हौं।'

भेटमा प्रधानमन्त्रीले आफू निर्वाचित भएलगत्तै विदेशमा रहेका नेपालीप्रति संवेदनशील भएर काम गरिरहेको जानकारी गराएका थिए। सरकारले विदेशको जेलमा भएका, मृत्युदण्डको फैसला गरिएका, विदेशमा मृत्यु भएका र अलपत्र परेका नेपालीहरुको उद्धार र राहतका लागि विशेष प्रयत्न गरिरहेको उनको भनाइ थियो।

साउन ३ गते त्रीभूवनबस्ती–८, कञ्चनपुरका ३० वर्षीय धनबहादुर मिजार, रामपुर–२, उदयपुरका ३७ वर्षीय राजकुमार विक, कोल्हुवा–२, नवलपरासीका ३३ वर्षीय धनबहादुर मगर, गोरखा नगरपालिका–९, गोरखाका ३८ वर्षीय यामबहादुर विक र बौद्ध, काठमाडौंका ३२ वर्षीय अनुप शेर्पा वैदेशिक रोजगारीका लागि साउदीको रियाद पुगेका थिए। जनही ९० हजारदेखि १२५ हजारसम्म खर्च गरी महाराजगन्जको आयुस ओभरसिज सर्भिसबाट आफूहरु गएको उनीहरुले बताएका छन्।

अलपत्र परेका उनीहरुलाई प्रधानमन्त्री कार्यालयको पहलमा मंसिर ३ गते नेपाल ल्याइएको थियो। भेटमा प्रधानमन्त्रीले मेनपावरलाई मर्यादित र व्यवस्थित बनाउन सरकार थप संवेदनशील भएर लाग्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell