PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

भीमफेदीमा भएको​ कार दुर्घटनाका मृतकको सनाखत, मृत्यु हुनेमा दाजु-बहिनी



पहिलोपोस्ट

भीमफेदीमा भएको​ कार दुर्घटनाका मृतकको सनाखत, मृत्यु हुनेमा दाजु-बहिनी

हेटौँडा : मकवानुपरको भीमफेदी–२ जुरीखेतमा आज बिहान भएको कार दुर्घटनामा परी मृत्यु हुनेको सनाखत भएको छ। 

कारमा सवार पाँच जनामध्ये काठमाडौँका ५० वर्षीय शरद वैद्य र ४० वर्षीया अनुजा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ। उनीहरु दाजु बहिनी हुन्।

घाइते भएका पिपलसार–२ नुवाकोटका कार चालक ३७ वर्षीय दीपक भुजेल, काठमाडौँ ज्याठा–३० का ४८ वर्षीय दीपक श्रेष्ठ र उनका १० वर्षीया छोरी आरजलाई उपचारका लागि चुरेहिल अस्पताल हेटौँडा लगिएको छ। 

काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा ३ च ९२८९ नम्बरको कार दुर्घटनामा परेको हो। कार सडकबाट निकै तल खसेको थियो। सोही क्षेत्रमा रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापा दुर्घटनाको जानकारी पाएपछि उद्धारमा खटिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell