PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

अंगीकृत नागरिकलाई उच्च ओहदा दिने गरी कुनै गृहकार्य भएको छैन : मन्त्री केसी



पहिलोपोस्ट

अंगीकृत नागरिकलाई उच्च ओहदा दिने गरी कुनै गृहकार्य भएको छैन : मन्त्री केसी

काठमाडौं : सहरी विकास मन्त्री तथा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले अंगीकृत नागरिक राज्यको उच्च ओहदामा पुग्नेगरी संविधान संशोधनको गृहकार्य भएको भन्ने कुरामा कुनै सत्यता नरहेको प्रस्ट पारेका छन्।

शनिबार भक्तपुरको अनन्तलिङ्गेश्वरमा आयोजित पुस्तक विमोचन समारोहमा मन्त्री केसीले उक्त प्रस्तावका बारेमा मन्त्रीपरिषदमा कुनै छलफल नै नभएको बताए। अंगीकृत नागरिकले राज्यको सर्वोच्च बन्ने कुरामा कांग्रेस सधै विपक्षमा रहने उनको भनाइ छ।

संविधान सहमतिको दस्तावेज भएकाले संशोधन पनि सहमतिमै हुने बताउँदै मन्त्री केसीले चाँडै दलहरुबीच सहमति जुट्ने र मुलुक संविधानको पूर्ण कार्यान्वयनको बाटोमा अग्रसर हुने विश्वास व्यक्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell