PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

हवाई आक्रमणमा आइएसका कमाण्डरसहित सात मारिए



पहिलोपोस्ट

हवाई आक्रमणमा आइएसका कमाण्डरसहित सात मारिए

जलालाबाद : अफगानिस्तानमा इस्लामिक स्टेट (आइएस) एक कमाण्डरसहित सात जना लडाकुहरु मारिएका छन्।

नानगाहार प्रान्तको कोट जिल्लाको पूर्वी क्षेत्रमा पर्ने स्थानमा शुक्रबार लुकेर बसेका आतङ्ककारीलक्षित आक्रमणमा ती लडाकूहरु मारिएका स्थानीय सरकारका प्रवक्ता अतुल्लाह खोगिनिले शनिबार जानकारी दिए।

हवाई आक्रमण भईरहेको ठाउमा आईएसका कमाण्डर मुल्लाह बजार्ग मारिएको उहाँले बताउनु भयो। सुरक्षा कारबाहीका क्रममा सर्वसाधारण नागरिकको भने हताहती नभएको खोगिनिले दाबि गरे।

राजधानी काबुलदेखि १२० किलोमिटर पूर्वमा पर्ने नानगाहार प्रान्तमा गत दुई बर्षदेखि आईएस आतङ्ककारी समूहको गतिविधिहरु बढेको छ। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell