सरिता पौडेल
चितवन : चितवनको माडीमा पहिलोपटक विद्युत पुगेको छ। नेपाल विद्युत प्राधिकरणद्धारा निर्मित ३३ बाई ११ केभि माडी शब स्टेशनको आज एक कार्यक्रममा बीच उर्जामन्त्री जनार्दश शर्माले उद्घाटन गरे। २० करोड ८३ लाखको लागतमा सब स्टेशनको निमार्ण गरिएको हो।
करिब २० हजार जनसंख्या रहेको माडीमा ४० प्रतिशत स्थानमा सेवा विस्तार गरिएको विद्युत प्राधिकरण भरतपुरका प्रमुख रामदुलाल यादवले बताए। माडीमा बिजुली लैजान २०६६ सालदेखि कायम शुरु भएको हो।
८ किलोमिटर निकुञ्जको बाटोमा जमिनमुनि विछ्याइएर ३५ किलोमिटर दुरीबाट बिजुली माडी पुर्याईएको हो। यसअघि त्यहाँका सरोकारवालाहरुले २०५१ सालदेखि विद्यूत लान प्रयास गरेपनि राष्ट्रिय निकुञ्जका कारण सम्भव भएको थिएन। माडीमा अहिले २४ वटा ट्रान्सफर्मर रहेका छन्।
उर्जामन्त्री जनार्दन शर्माले माडीमा बिजुली मर्मत र व्यवस्थापनका लागि ५० लाख रुपैयाँ सरकारले छुट्याउने घोषणा गरे। सो अवसरमा उनले विद्युत थप नगरी यसअघि भएको विद्युतलाई व्यवस्थित गरेर लोडसेडिङ्ग न्युनिकरण गरेको बताए।