PahiloPost

Mar 16, 2025 | २ चैत्र २०८१

​विद्युतमा ठूलो गिरोह सक्रिय : उर्जामन्त्री जनार्दन शर्मा



पहिलोपोस्ट

​विद्युतमा ठूलो गिरोह सक्रिय : उर्जामन्त्री जनार्दन शर्मा

चितवन : उर्जामन्त्री जनार्दन शर्माले जनताको सहयोग र विद्युत प्राधिकरणको नयाँ नेतृत्वको आँटका कारण काठमाण्डौलाई लोडसेडिङ मुक्त पार्ने अभियान सफलतातर्फ अगाडि बढिरहेको बताएका छन्। अब छिट्टै अन्य जिल्लामा पनि लोडसेडिङ्ग हटाउने उनको भनाई थियो। 

प्रेस सेन्टर चितवनले भरतपुरमा गरेको पत्रकार सम्मेलनमा उनले आफुले विभिन्न समय र खासगरी मन्त्री भएलगत्तै गरेको अध्ययनमा विद्युत्तमा ठूलो गिरोह सक्रिय रहेकोले सो को अन्त्यका लागि आफुले कदम चालेको बताए। 

मन्त्री भएलगत्तै प्राधिकरणको पुरानो नेतृत्वमा पनि समस्या देखेपछि परिवर्तन गर्न आग्रह गरेकोमा सरकारले त्यसलाई स्विकार्नु नै वर्तमान सरकार पनि लोडसेडिङ अन्त्यका लागि प्रतिवद्ध रहेको मन्त्री शर्माको भनाई थियो।

अन्य जिल्लाहरुमा पनि यो प्रयास जारी रहेकोले केही महिनामै जनताले नयाँ अध्याय स्पष्टसँग देख्ने उनले बताए। त्यसैगरी संविधान संशोधन निकै गम्भीर विषय भएकोले सबैको सहमतिमा मात्रै संविधान संशोधनमा जानुपर्ने मन्त्री शर्माको भनाई थियो। वर्तमान सरकारले जनताको पक्षमा काम गर्ने प्रयास गरिरहेकोले जनताको साथको अपेक्षा गरेको पनि बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell