PahiloPost

Mar 16, 2025 | २ चैत्र २०८१

​प्रिमियर लिग : घरेलु मैदानमा युनाइेटडले आर्सनलसँग अंक बाँड्यो



पहिलोपोस्ट

​प्रिमियर लिग : घरेलु मैदानमा युनाइेटडले आर्सनलसँग अंक बाँड्यो

म्यानचेष्टर युनाइेटड प्रिमियर लिगमा आर्सनलसँग घरेलु मैदानमै बराबरीमा रोकिएको छ। प्रिमियर लिग अन्तर्गत १२ औं चरणको पहिलो खेलमा युनाइेटड र आर्सनलले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।

निर्धारित समयको खेल सकिन एक मिनेट अगाडी आर्सनलका जिरुडले गोल गरेपछि युनाइटेड आर्सनलसँग बराबरीमा रोकियो। 

पहिलो हाफको खेल गोलरहित बराबरीमा रोकिएपछि ६८ औं मिनेटमा हुँवा माटाले गोल गर्दै युनाइटेडलाई पहिले अग्रता दिलाएका थिए। आन्द्रे हेरेकाको पासमा माटाले गोल गरेका हुन्। 

तर बैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेको ओलिभर जिरुडले गोल गरेपछि आर्सनल युनाइटेडसँग अंक खोस्न सफल रह्यो।

७३ औं मिनेटमा एल्नेको स्थानमा मैदान छिरेका जिरुडले अर्का बैकल्पिक खेलाडी एलेक्स च्याम्बरलाइनको क्रसमा हेड मार्फत गोल गरेका हुन्।

बराबरीपछि २५ अंक जोडेको आर्सनल अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ। एक खेल कम खेलेको म्यानचेष्टर सिटी २४ अंकका साथ चौथो स्थानमा छ र क्रिस्टल प्यालेससँग खेल्दैछ।

यता बराबरीपछि १९ अंक जोडेको युनाइटेड छैटौं स्थानमा कायमै छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell