
याया टुरेले प्रिमियर लिगको कमब्याक खेलमा २ गोल गरेपछि म्यानचेष्टर सिटीले क्रिस्टल प्यालेसलाई २-१ ले पराजित गरेको छ।
अर्को खेलमा लिग लिडर लिभरपुल साउदह्याम्पटनसँग गोलरहित बराबरीमा रोकियो। बराबरीमा रोकिनका बाबजुत पनि सिटी समान अंक भएको लिभरपुल गोल अन्तरमा शीर्ष स्थानम यथावत छ।
क्रिस्टल प्यालेसको घरेलु मैदानमा टुरेले ३९ औं मिनेटमा गोल गर्दै सिटीलाई पहिले अग्रता दिलाए। पहिलो हाफमा गोल बेहोरे पनि प्यालेसले दोस्रो हाफमा गोल फर्कायो। ६६ औं मिनेटमा कोनोर विकहमले गोल गर्दै खेल १ १ को बराबरीमा ल्याए।
तर सिटीलाई अग्रता दिलाएका टुरेले नै ८३ औं मिनेटमा गोल गरेपछि प्यालेसले घरेलु मैदानमा अंक जोड्न सकेन। सिटी भने २-१ को जित हात पार्दै लिभरपुलसँग अंक बराबरी गर्न सफल भयो।
१२ खेलबाट समान २७ अंक जोडेको लिभरपुल र म्यानचेष्टर सिटी क्रशम पहिलो र दोस्रो स्थानमा छ। दुवै टीमको गोल अन्तर समेत समान भएपछि बढी गोल गरेको आधारमा लिभरपुल शीर्ष स्थानमा रहेको हो।
यस्तै एक खेल कम खेलेको चेल्सी २५ अंकका साथ तेस्रो स्थानमा छ भने १२ खेलमा चेल्सी समान २५ अंक नै जोडेको आर्सनल चौथो स्थानमा छ।