PahiloPost

Mar 16, 2025 | २ चैत्र २०८१

प्रिमियर लिग : ​ह्यारी केनले दुई मिनेटमा २ गोल गरेपछि टोटनहमले वेष्टहमलाई हरायो



पहिलोपोस्ट

प्रिमियर लिग : ​ह्यारी केनले दुई मिनेटमा २ गोल गरेपछि टोटनहमले वेष्टहमलाई हरायो

टोटनहम हट्सपरले वेष्टहमलाई पराजित गर्दै प्रिमियर लिगमा अपराजित यात्रा कायमै राखेको छ। ह्यारी केनले दुई मिनेट अन्तरमा २ गोल गरेपछि टोटनहमले वेष्टहमलाई ३-२ ले पराजित गरेको हो। 

२-१ ले पछि परेको अवस्थामा केनले ८९ औं मिनेटमा बराबरी गोल गरेका थिए। ६ मिनेट थप गरिएको इन्जुरी टाइमको पहिलो मिनेटमै टोटनहमले पेनाल्टी प्राप्त गर्यो। पेनाल्टीमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटनहमलाई ३-२ को जित दिलाए। 

यसअघि २४ औं मिनेटमा माइकल एन्टोनिओले गोल गर्दै वेष्टहमलाई अग्रता दिलाएका थिए भने ३५ औं मिनेटमा ह्यारी विङ्सले बराबरी गोल गरेका थिए। 

६८ औं मिनेटमका मानुएल लाल्जीनीले गोल गर्दै वेष्टहमलाई फेरी अग्रता दिलाएपनि त्यो जित हात पार्न पर्याप्त रहेन।

जितसँगै टोटनहमले यस सिजन १२ खेलसम्मा प्रिमियर लिगमा अपराजित रहने एक्ले टीम समेत बनेको छ।

लिगकै अन्य खेलमा साविक विजेता लेस्टर सिटी वाटफोर्डसँग २-१ ले पराजित भएको छ। यस सिजन लेस्टरको यो छैटौ हार हो।

यस्तै सण्डरल्याण्डले सिजनको दोस्रो जित हात पार्ने क्रममा  हल सिटीलाई ३-० ले हरायो।

अन्य खेलमा एभरटनले स्वान्सी सिटीले १-१ गोलको बराबरी खेलेका छन् भने एएफसी बर्नमाउथले स्टोक सिटीलाई १-० ले पराजित गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell