PahiloPost

Mar 16, 2025 | २ चैत्र २०८१

भारतीय व्यापारीको सुनसरीमा हत्या



पहिलोपोस्ट

इनरुवा : सुनसरीको प्रकाशपुर गाविस–१ को बीच जङ्गलमा एकजना व्यापारीको शनिबार साँझ गोली हानी हत्या भएको छ।
 
भारतबाट व्यापारको सिलसिलामा नेपालतर्फ आएका भारतको अररिया घुर्ना घर भएका मोहमद सिद्धकीको हत्या भएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।
 
सिद्धकीको हत्या भएको ठाउँबाट एउटा गोलीको खोका भेटेको र घटनाको विषयमा अनुसन्धान भइरहेको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell