PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

पाइपभित्र बोरामा लुकाइएको तेइस किलो चरेस बरामद



पहिलोपोस्ट

धनगढी : धनगढी उपमहानगरपालिका– ५ जाई गाउँबाट आज बिहान प्रहरीले बेवारिसे अवस्थाको २३ किलो चरेस बरामद गरेको छ।

जाई गाउँको सडकको ह्युम पाइपभित्र बोरामा लुकाइराखिएको अवस्थामा उक्त परिमाणको चरेस बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

चरेस लुकाएको व्यक्तिको पहिचान हुन नसकेको र निजको खोजतलासका प्रहरी परिचालन गरिएको बताइएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell