PahiloPost

Sep 21, 2026 | ५ असोज २०८३

​मोर्चाको सहमतिबिना संविधान संशोधन गर्नुको औचित्य छैन : पुन



पहिलोपोस्ट

उर्लाबारी (मोरङ) :  नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको सहमतिबिना संविधान संशोधन गनौको औचित्य नहुने बताएका छन्।

प्रेस सेन्टर नेपाल मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मधेसी मोर्चासँग समयमै सहमति नभए पनि सरकारले स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरेर भने अगाडि बढ्ने उनको भनाइ छ।

चैत मसान्तसम्ममा स्थानीय निकायको निर्वाचन गर्नुपर्ने बाध्यता भएकाले सहमतिका लागि हरसम्भव प्रयास हुने तर सहमति नजुटे मुलुकलाई निर्वाचनविहीन बनाउन नसकिने उनले स्पष्ट पारे। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell