PahiloPost

Mar 16, 2025 | २ चैत्र २०८१

काँग्रेस सभापति देउवाले भने : भारु नोटका विषयमा समस्या समाधानका लागि पहल गर्छु



पहिलोपोस्ट

काँग्रेस सभापति देउवाले भने : भारु नोटका विषयमा समस्या समाधानका लागि पहल गर्छु

भीमदत्तनगर : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भारत सरकारले भारु पाँच सय र हजारको नोटमा लगाएको प्रतिबन्धका विषयमा आफूले प्रधानमन्त्री र नेपालका लागि भारतीय राजदूतसँग कुराकानी गर्ने बताएका छन्।
 
पार्टी सभापतिमा निर्वाचित भएपछि पहिलो पटक कञ्चनपुर आएका नेता देउवाले आफूलाई काँग्रेस कञ्चनपुरले आज भीमदत्तनगरमा अभिनन्दन गरेपछि भने–'नेपालमा रहेको भारु नोटका विषयमा म समस्या समाधानका लागि पहल गर्छु, भारतमा मजदुरी गरेका र सीमा क्षेत्रका जनतासित भएको नोटको व्यवस्थापन हुनु जरुरी छ।' भारु नोटको व्यवस्थापन हुन नसके नेपाली पनि प्रभावित हुने उनको भनाइ थियो।
 
नेता देउवाले स्थानीय तहको निर्वाचनका लागि एकताबद्ध भएर तयारी अवस्थामा बस्न कार्यकर्तालाई आग्रह गरे। 'निर्वाचन गराउनु पनि संविधान कार्यान्वयन हो', देउवाले भन्नुभयो–'यसका लागि तपाईँहरु तयार हुनुस्।' रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell