PahiloPost

Mar 16, 2025 | २ चैत्र २०८१

चिनियाँ राष्ट्रपति सी र अमेरिकी राष्ट्रपति ‌ओबामाबीच भेट, दुई राष्ट्रबीच सम्बन्ध बढाउन सहमत



पहिलोपोस्ट

चिनियाँ राष्ट्रपति सी र अमेरिकी  राष्ट्रपति ‌ओबामाबीच भेट, दुई राष्ट्रबीच सम्बन्ध बढाउन सहमत

लिमा : चिनियाँ राष्ट्रपति सी जिन पिङ्ग र अमेरिकी समकक्षी बाराक ओमाबाबीच शनिबार पेरुको राजधानी लिमामा सौहार्द्र भेटवार्ता भएको छ।
 
यी दुई सर्बोच्च नेताबीच भएको भेटवार्तामा चीन र अमेरिका बीचको वर्तमान द्विपक्षीय सम्बन्धलाई अझै स्वस्थ्य र दरिलो पार्दै अघि बढाउन सहमत हुँदै यसलाई अविनाशी र चीरस्थायी पार्नमा दुवैले सक्दो प्रयास गर्नेसमेत व्यक्त गरिएको छ।
 
एसिया तथा प्रशान्त महासागरीय राष्ट्रबीच आर्थिक सहयोग (एपेक) सम्मेलन सन् २०१६ मा भाग लिन गएका राष्ट्रपतिद्वयले सम्मेलनको शून्य समय वार्ता (साइड लाइन टक्स) मा छलफल गर्दै दुवै जनाको संयुक्त प्रयासले द्विपक्षीय सम्बन्ध बिस्तारमा नौलो आयाम थपी अतिरिक्त प्रगति हासिल गर्ने पनि बताएका छन्।
 
केही दिन अघि मात्र  चिनियाँ राष्ट्रपति सीले अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन वार्ता भएको पनि समकक्षी ओबामासँग चर्चा गर्दै सिले ओबामासँग जस्तै नवनिर्वाचित राष्ट्रपति ट्रम्पसँग दुई देशको सरोकार रहेका हरेक क्षेत्रमा घनिष्ठ सहकार्य गर्न इच्छुक रहेको समेत बताएका छन्।
त्यस्तै, विगतका केही वर्षदेखि चीनसँग नजिकिँदै क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा सफल द्विपक्षीय सहकार्य गरेको र यसमा राष्ट्रपति सिले गरेको हार्दिक सहयोग, मित्रता र आपसी विश्वासको राष्ट्रपति ओबामाले पनि स्मरण गरे। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell