PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

५९ एसपीको सरुवा, को कहाँ पुगे?



पहिलोपोस्ट

५९ एसपीको सरुवा, को कहाँ पुगे?

काठमाडौँ : ५९ प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरिएको छ। प्रहरी महानिरीक्षकको म‍ंसिर ५ गतेको निर्णय अनुसार मंसिर महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको हो।

सूची अनुसार प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान महाशाखामा किरण बज्राचार्यको सरुवा गरिएको छ। यसअघि बज्राचार्य महानगरीय प्रहरी परिसर भक्तपुरमा थिए। भक्तपुरमा भने किरण राणाको सरुवा गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय प्रहरी महाशाखामा युएन शाखाका वसन्तकुमार पन्तलाई सरुवा गरिएको छ। महानगरीय अपराध महाशाखा काठमाडौँमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट विष्णुकुमार केसीलाई ल्याइएको छ।

लागू औषध नियन्त्रण ब्युरोमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट वीरेन्द्र श्रेष्ठको सरुवा गरिएको छ। त्यस्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा रहेकी मिरा चौधरी थारुलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो विशे्ष अपराध अनुसन्धान महाशाखामा सरुवा गरिएको छ।








@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell