PahiloPost

Jun 12, 2025 | ३० जेठ २०८२

भूकम्पले भत्काएको सिंहदरबार तत्काल नयाँ नबन्ने



पहिलोपोस्ट

भूकम्पले भत्काएको सिंहदरबार तत्काल नयाँ नबन्ने

काठमाडौं : भूकम्पपछि बस्नै नहुने गरी भत्किएको सिंहदरबार तत्‍काल नयाँ नबन्ने भएको छ।
 
गत २०७२ वैशाख १२ गतेको भूकम्प र २९ गतेको परकम्पबाट प्रधानमन्त्री कार्यालय रहेको सिंहदरबारको मूल भवन बस्नै नहुने गरी भत्किएको थियो।
 
कार्यालय भत्किएपछि प्रधानमन्त्री कार्यालय सिंहदरबारस्थित स्थानीय विकास मन्त्रालयको भवनमा सारिएको थियो।
 
सरकारले अबको ११ महिनामाभित्र सिंहदरबारको पूर्वी भागको रेट्रोफिटिङ गर्ने भएको छ। यसअघि पुरानै ढाँचामा नयाँ भवन बनाउने योजना थियो।
 
भूकम्पपछिको पुनर्निर्माण तथा पुनर्वासका लागि सरकारले गठन गरेको पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकले आगामी कात्तिकभित्र रेट्रोफिटिङ सक्ने निर्णय गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell