PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

फेसबुककी फेमिना : सूचना छ, तर किन पक्राउ गर्न सकेन प्रहरीले?



सविन ढकाल

फेसबुककी फेमिना : सूचना छ, तर किन पक्राउ गर्न सकेन प्रहरीले?

काठमाडौं : कोही सुकर्मका कारण चर्चामा आउँछन्, कोहीलाई भने कुकर्मले नै चर्चामा पुर्‍याइदिन्छ। फरक यत्ति हो- सुकर्म गर्नेहरु सधैं शिखरमै रहिरहन्छन्, कुकर्म गर्नेहरुको चर्चा एकै छिनमा धूलिसात बन्न पुग्छ।
 
फेमिना अर्थात् फेमिना चापागाईं।

सामाजिक सञ्जालमा उनको चर्चा छ। उनले रचेको ठगीधन्दाका कारण उनी हिट छिन् प्रविधिको दुनियाँमा। उनलाई यो दुनियाँबाट बाहिर भेट्टाउन भने मुस्किल छ।
 
महानगरीय अपराध अनुसन्धान महाशाखामा उनीविरुद्ध उजुरी परेको महिनौं बित्यो तर प्रहरीले पनि उनलाई भेट्टाउन सकेको छैन। फेमिना ठगी धन्दामा सक्रिय छिन्, प्रहरीलाई यो सब थाहा छ। उनी कहाँ छिन्, के गर्दैछिन् भन्ने सम्पूर्ण सूचना पनि छ। 

सुनसरीको इटहरीस्थित मामाको घरमा बस्दै आएकी छिन् उनी। तर कसरी पक्राउ गर्ने? प्रहरी विलखबन्दमा छ।

फेमिनाको उजुरी हेरिरहेका महाशाखा पिल्लर नम्बर ३ का प्रहरी निरीक्षक गोविन्द पन्थी भन्छन्, 'कानुन नै अन्योलमा हुँदा हामीले फेमिनालाई पक्राउ गर्न सकेका छैनौँ।'
 
फेमिनाले ठगी गरेको भन्दै उनका पूर्वपति भनिने एक युवकले प्रहरीमा एक महिनाअघि उजुरी दिएका थिए। आफूलाई ठगी गरेको भन्दै उजुरी दिने सुदीप आचार्य (नाम परिवर्तन) सँग विवाहपछि फेमिनासँगै खिचिएका तस्बिर बाहेक अन्य कुनै प्रमाण देखिँदैन। यही आधारमा पक्राउ गर्न नसकिने प्रहरीको भनाइ छ।
 
फेमिनाले विदेशमा ठगी गरेको र यी दुई लिभिङ टुगेदरमा रहेकाले प्रहरीलाई कारबाही गर्न झनै गाह्रो परेको छ। ती युवाबाट छुटेर मोरङका एक सम्पन्न परिवारका युवकसँग विवाह गरेकी रहिछन् फेमिनाले। यो सम्बन्धले पनि उनीमाथि कारबाही गर्न गाह्रो भइरहेको प्रहरीको भनाइ छ।
 
आफू ती सम्पन्न परिवारको बुहारी गएको र उल्टै परिवारले घर निकाला गरेको र भन्दै फेमिना आफ्नो बचाउ गर्दै हिँडेकी छिन्। पीडित परिवारका सदस्यहरु भने अहिले फेमिनाले आफू बुहारी भएको र कराडौंको रकम दिए मात्र छोडपत्र दिने भन्दै पैसाको बार्गेनिङमा गरिरहेकी छिन्।
 
ठगीकाण्ड पर्दाफास हुँदा पनि ठगी एवं बिहेबारी सम्बन्धी कानुन अनुसार श्रीमतिविरुद्ध ठगीको उजुरी नलाग्ने भन्दै प्रहरीले फेमिनालाई पक्राउ गर्ने सकेको छैन।
 
फेमिनाले १९ जनालाई जर्मनी पठाइदिन्छु भन्दै लाखौं ठगी गरेको दाबी सहित उजुरी परेका छन्। तर कुनै व्यक्तिसँग पनि पैसा लिएको कागजात छैन।
 
प्रहरी निरीक्षक गोविन्द पन्थी भन्छन्, 'फेमिनालाई पैसा दिएको १० हजारसम्मको कागज भए हामी तत्काल पक्राउ गर्छौं।'
 
अहिले फेमिना सुनसरीमा छिन्, उजुरी काठमाडौंमा परेको छ। पक्राउ पूर्जी नकाटी उनलाई काठमाडौंमा उपस्थित गराउन कानुनी आधार छैन। तर कैयौं युवासँग बिहेको नाटक रची लाखौं ठग्ने फेमिना निर्धक्क हिँडिरहेकी छिन्।
 
यो पनि पढ्नुस्, फेसबुककी फेमिना : सुन्दर अनुहारको आवरणमा फिल्मी शैलीको अपराध



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell