PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

​सिरी ए : पेरिसिकले इन्जुरी टाइममा गरेको गोलले 'मिलान डर्बी' खेल बराबर, रोमा एटलान्टासँग पराजित



पहिलोपोस्ट

​सिरी ए : पेरिसिकले इन्जुरी टाइममा गरेको गोलले 'मिलान डर्बी' खेल बराबर, रोमा एटलान्टासँग पराजित

इटालियन सिरी ए मा चर्चित रहेको मिलान डर्बी खेल बराबरीमा रोकिएको छ। इभान पेरिसिकले इन्जुरी टाइममा गोल गरेपछि एसी मिलान र इन्टर मिलानले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।

एसी मिलानका लागि सुसोले दुई गोल गरेपनि जितका लागि पर्याप्त रहेन। उनले एसी मिलान लाई दुई पटक अग्रता दिलाएका थिए। 

सुसोले ४२ औं र ५८ औं मिनेटमा गोल गरेका थिए। तर इन्टरका एन्टोनिओ कान्ड्रेभाले ५३ औं मिनेटमा गोल गर्दै १-१ को बराबरी गरेका थिए भने पेरिसिकले इन्ुजरी टाइमको दोस्रो मिनेटमा बराबरी गोल गरे।

इन्टरसँग बराबरीमा रोकिएपनि एसी मिलानले अंक तालिकामा दोस्रो स्थानमा उक्लने मौका समेत गुमायो।

दोस्रो स्थानको रोमा पराजित भइसकेको अवस्थामा एसी मिलानले जित हात पारेको भए रोमालाई पछि पार्ने थियो। 

बराबरीका बाबजुत पनि एसी मिलानले १३ खेलबाट रोमा समान २६ अंक जोडेको छ। तर गोल भिन्नतामा रोमा नै अगाडी छ। एसी मिलान भने तेस्रो स्थानमा छ।

रोमा एक गोलको अग्रता लिएर पनि तयसलाई कायम राख्न नसक्दा एटलान्टासँग २-१ ले पराजित भएको हो। 

४० औं मिनेटमा डिएगो पेरेट्टीले गोल गर्दै रोमालाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा एटलान्टाले घरेलु मैदानमा दुई गोल फर्काउँदै जित हात पार्‌यो।

६२ औं मिनेटमा एटलान्टाका माटिअ कालडाराले बराबरी गोल गरे भने इन्जुरी टाइममको पहिलो मिनेटमा फ्रान्क यानिक केसिएले विजयी गोल गरे।

जितपछि एटलान्टा १३ खेलबाट लाजियो समान २५ अंक जोड्दै पाँचौ स्थानमा उक्लेको छ। गोल भिन्नतामा एटलान्टा पाँचौमा छ। जेनोओलाई ३-१ ले पराजित गरेको लाजियो चौथो स्थानमा छ।




 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell