PahiloPost

Sep 20, 2026 | ४ असोज २०८३

सुरुङ्गा गोल्ड कप : आर्मीलाई हराउँदै रुपन्देही–११ सेमिफाइनलमा



पहिलोपोस्ट

सुरुङ्गा (झापा) : सुरुङ्गामा जारी ‘सहारा सुरुङ्गा गोल्ड कप’ प्रतियोगिताअन्तर्गत शनिबार भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई २–१ गोल अन्तरले हराउँदै रुपन्देही–११ सेमिफाइनलमा प्रवेश गरेको छ।

रुपन्देही– ११ का लागि दीपक राईले दुई गोल गरेका थिए। आर्मी क्लबका लागि कप्तान भरत खवासले गोल गरेका थिए। शनिबारदेखि सुरु भएको प्रतियोगितामा आठवटा टोलीको सहभागिता रहेको छ।

सोमबार झापा–११ र एपिएफ क्लबबीच खेल हुने आयोजक सुरुङ्गा जेसीजका महासचिव रामप्रसाद निरौलाले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell