PahiloPost

Sep 20, 2026 | ४ असोज २०८३

रेजिना उप्रेतीले जन्माइन् पहिलो सन्तान



पहिलोपोस्ट

रेजिना उप्रेतीले जन्माइन् पहिलो सन्तान

काठमाडौं: नायिका रेजिना उप्रेतीलाई पहिलो सन्तान लाभ भएको छ। उनले आइतबार (हिजो) छोरी जन्माएकी हुन्।

'रेजिना र छोरी दुबैको स्वास्थ्य अवस्था राम्रो छ',रेजिनाका पती सुरज पोखरेलाले जानकारी दिए। धादिङका सुरज र रेजिना करिव ३ वर्ष अघि विवाह बन्धनमा बाँधिएका थिए। लन्डन बस्दै आएका सुरजसँग उनको प्रेम विवाह भएको हो। दुई वर्ष प्रेम सम्बन्धमा रहेपछि उनिहरुले विवाह गरेका हुन्।

काठमाडौं नर्भिक अस्पतालमा आइतबार साँझ ७:१२मा रेजिनाले छोरी जन्माएकी हुन्। हप्ता दिनको मेडिकल कियरपछी रेजिनाको डिस्चार्ज हुने जानकारी दिइयो। 

चेतना नामक टेलिसिरियलबाट अभिनय यात्रा सुरु गरेकी रेजिना विवाहपछि भने अभिनय क्षेत्रमा निस्क्रिय थिइन्। रेजिनाले अभिनय बाहेक फिल्म 'बरदान' निर्माण गरेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell