PahiloPost

May 7, 2025 | २४ बैशाख २०८२

माओवादी केन्द्रीय कार्यालयको निर्णय- संविधान संशोधनको आवश्यक निर्णय प्रचण्डले लिने



पहिलोपोस्ट

माओवादी केन्द्रीय कार्यालयको निर्णय- संविधान संशोधनको आवश्यक निर्णय प्रचण्डले लिने

काठमाडौँ : नेकपा माओवादी केन्द्रले संविधान संशोधनबारे निर्णय लिने जिम्मा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ।

आजै साँझ बस्न लागेको तीन दलको बैठकको तयारीका लागि बसेको माओवादी केन्द्रीय कार्यालय बैठकले दलहरुसँग सहमति जुटाएर संविधान संशोधन अगाडि बढाउने जिम्मा दिएको हो।

बैठकपछि पार्टी प्रवक्ता पम्फा भुषालले भनिन्, 'संविधान संशोधनको विषयमा छलफल र आवश्यक निर्णय लिन अध्यक्षलाई जिम्मेवारी तोकेका छौँ।'

यसैबीच माओवादीले पार्टीको संगठनात्मक स्वरुपका विषयमा टुङ्गो लगाउन आगामी ११ गते पोलिटब्युरो बैठक डाकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell