PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

​जोकोभिचलाई हराउँदै एण्डी मुरेले जिते एटीपी वर्ल्ड टुरको उपाधि



पहिलोपोस्ट

​जोकोभिचलाई हराउँदै एण्डी मुरेले जिते एटीपी वर्ल्ड टुरको उपाधि

ब्रिटिस खेलाडी एण्डी मुरेले ४ पटकको विजेता सर्वियन खेलाडी नोभाक जोकोभिचलाई पराजित गर्दै एटीपी वर्ल्ड टुरको उपाधि जितेका छन्।

पहिलो पटक एटीपी वर्ल्ड टुरको च्याम्पियन बनेसँगै मुरेले सन् २०१६ शीर्ष वरीयतामा रहँदै अन्त्य गरेका छन्।

लण्डनको ओ टु एरेनामा भएको टुर फाइनलमा मुरेले जोकोभिचलाई ६-३ र ६-४ को सोझो सेटमा हराए।

'म जित्दा एकदमै खुशी छु र विश्व नम्वर वन बन्नु मेरो लागि विशेष रहनेछ।' स्कटीस मुरेले भने, 'यस प्रकारको खेलमा नोभाकसँग खेल विशेष हुनेछ।'

२९ वर्षे मुरेको जितसँगै जोकोभिचको लगातार ५ पटक एटीपी वल्र्ड टुरको उपाधि जित्ने सपना समाप्त भएको छ। 

सन् २००८ मा पहिलो पटक टुर फाइनलको उपाधि जितेका जोकोभिच २०१२ देखि २०१५ सम्म लगातार ४ पटक च्याम्पियन बनेका थिए।

अहिलेसम्म स्वीस खेलाडी रोजर फेडेररले सर्वाधिक ६ पटक टुरको उपाधि जितेका छन्।

टुरको उपाधिपछि मुरेले आफ्नो करियरको अपराजियत यात्रालाई २४ पुर्‌याएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell