PahiloPost

Mar 16, 2025 | २ चैत्र २०८१

आफूले दिएको निर्देशन पालना नभएकोमा असन्तुष्ट प्रधानमन्त्रीले सचिवहरुलाई दिए चेतावनी



पहिलोपोस्ट

आफूले दिएको निर्देशन पालना नभएकोमा असन्तुष्ट प्रधानमन्त्रीले सचिवहरुलाई दिए चेतावनी

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्पपछिको पुनःनिर्माण लगायतका काममा यसअघि आफूले दिएका निर्देशनको सन्तोषजनक पालना नभएकोमा आपत्ति जनाएका छन्।
 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा नेपाल सरकारका मुख्यसचिव डा सोमलाल सुदेवीसहित विभिन्न मन्त्रालयका सचिवलाई बोलाई उनले कार्यान्वयन अवस्थाको प्रगति के कति भयो? परिणाम समेत देखिने गरी अद्यावधिक प्रगति विवरण मलाई उपलब्ध गराउनुहोस् भनेका छन्। सरकारको प्राथमिकता र जनजीविकाका सवालमा परिणाममूलक काम गर्न निर्देशन पनि दिए।
 
यसअघि प्रधानमन्त्री दाहालले गत साउन २३ गते सरकारको बजेट, नीति तथा कार्यक्रमलाई ध्यानमा राखेर तत्कालीन सुधारका कार्ययोजना ल्याउन निर्देशन दिनुभएको थियो । सरकारले संविधानको कार्यान्वयन, पुनःनिर्माण, निर्वाचनसम्बन्धी कानुन निर्माणलगायतमा प्राथमिकता दिँदै आएको छ ।
 
'जुन ढङ्गले काम हुनुपर्थ्यो, त्यो रुपमा भएन,' प्रधानमन्त्रीले भने, 'यसका लागि मेरो कार्यालयबाट के सहयोग चाहिन्छ गरिन्छ तर सन्तोषजनक रुपमा काम हुनुपर्छ।'

'सार्वजनिक स्रोत र साधनको दुरुपयोग हुन नदिई अति उत्तम प्रयोग गर्नुछ। वित्तीय अनुशासनभित्र रही कार्य र क्रियाकलाप सञ्चालन गर्नुछ। यसमा तपाईंहरुले के कस्तो प्रयत्न गर्नुभयो?' उनले सचिवहरुलाई सोधे। 

प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्रीमा नियुक्त भएको ४५ दिनभित्र भूकम्पपीडितको निजी आवास निर्माणको अनुदान पीडितको हातमा पुर्‍याउन र तीन महिनाभित्र ग्रामीण भेगमा चिकित्सक पठाई सेवा दिन पनि निर्देशन दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell