PahiloPost

May 28, 2025 | १५ जेठ २०८२

दोस्रो टेष्टमा ​भारतले इंगल्याण्डलाई २४६ रनले हरायो, सिरिजमा १-० को अग्रता



पहिलोपोस्ट

दोस्रो टेष्टमा ​भारतले इंगल्याण्डलाई २४६ रनले हरायो, सिरिजमा १-० को अग्रता

बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि भारतले इंगल्याण्डलाई दोस्रो टेष्टमा २४६ रनले पराजित गरेको छ।

विशाखापटनममा सम्पन्न दोस्रो टेष्टमा फराकिलो रन अन्तरको जितसँगै भारतले ५ खेलको टेष्ट सिरिजमा १-० को अग्रता बनाएको छ। 

राजकोटमा भएको पहिलो टेष्ट बराबरीमा सकिएको थियो।

जितका लागि ४०५ रनको लक्ष्य पछ्याएको इंगल्याण्डले २ विकेटको नोक्सानीमा ८७ रनको अवस्थाबाट पाँचौ दिनको खेल सुरु गरेको थियो। तर अन्तिम दिन थप ७१ रन जोड्दा बाँकी ८ विकेट गुमाएपछि इंगल्याण्ड फराकिलो अन्तरले पराजित भएको हो।

इंगल्याण्डले दोस्रो पारीमा १५८ रन मात्र बनाउन सक्यो।

अन्तिम दिन जोनी ब्रेष्टोवले नटआउट रहँदै ३४ रन बनाउनु बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्। चौथो दिन ५ रनमा नटआउट रहेको जोए रुट पनि अन्तिम दिन २५ रन बनाएर आउट भए। 

त्यसबाहेक अन्य ७ खेलाडीले दोहोरो अंक समेत छुन सकेनन्। अघिल्लो दिन ओपनर एलेस्टर कुकले सर्वाधिक ५४ रन जोडेका थिए भने असिब हमिदले २५ रन बनाएका थिए।

इंगल्याण्डलाई कम स्कोरमा रोक्न भारतका स्पिनर रविचन्द्रन आश्विन र जयन्त यादवले समान ३ विकेट लिए भने रविन्द्र जडेजा र मोहम्मद शामीले समान २ विकेट लिए। 

भारतले पहिलो पारीमा कप्तन विराट कोहली र चेतेश्वर पुजाराको शतकको मद्वतमा ४५५ रन बनाएको थियो भने दोस्रो पारीमा २०४ रन जोडेको थियो। 

इंगल्याण्डले पहिलो पारीमा २५५ रन मात्र बनाउन सकेको थियो।

पहिलो पारीमा १६७ तथा दोस्रो पारीमा ८१ रन बनाएका भारतका विराट कोहली दोस्रो टेष्टमा म्यान अफ दि म्याच घोषित भए।

भारत र इंगल्याण्डबीचको तेस्रो टेष्ट आगामी शनिबार मोहलीमा सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell