PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

कांग्रेस नेता पौडेल सवार गाडी दुर्घटना



पहिलोपोस्ट

कांग्रेस नेता पौडेल सवार गाडी दुर्घटना

गौशाला : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल सवार गाडीको महोत्तरी जिल्लाको जलेश्वर बर्दिबास सडकखण्डमा स्टेरिङ फेल भएको छ।
 
बर्दिबासबाट जलेश्वर आउने क्रममा सो सडकखण्डको जावखचौकमा नेता पौडेल सवार च६च ७५५५ नंको गाडीको अचानक स्टेरिङ फेल भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले बताए।
 
दिउँसो बर्दिबासबाट जलेश्वरतिर आउँदै गरेको उक्त गाडी स्टेरिङले काम नगरेर सडक छेउ खेतमा झर्ने अवस्थामा रोकिएको थियो। सो दुर्घटनामा नेता पौडेललगायत गाडीभित्र बसेका कसैलाई केही नभएको र सबैजना सकुशल रहेको प्रहरी उपरीक्षक भट्टराईले बताए।
 
नेता पौडेल आज महोत्तरी काँग्रेसको जिल्लास्तरीय कार्यकर्ता भेलामा सहभागी हुन जलेश्वर आउने क्रममा थिए। उनी अर्को गाडीबाट जलेश्वर पुगिसकेका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell