PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

प्रधानमन्त्रीले उद्घाटन गरेपछि बौद्धनाथ चैत्य सर्वसाधारणका लागि खुला हुने



पहिलोपोस्ट

प्रधानमन्त्रीले उद्घाटन गरेपछि बौद्धनाथ चैत्य सर्वसाधारणका लागि खुला हुने

काठमाडौँ : बौद्धनाथ क्षेत्र विकास समितिले बौद्धनाथ चैत्य सर्वसाधारणको दर्शनका लागि मङ्गलबारदेखि खुला गर्ने भएको छ। 

बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले विश्व सम्पदा सूचीमा सूचीकृत सो चैत्यको यही मङ्सिर ७ गते प्रधानमन्त्रीबाट उद्घाटन गरेपछि दर्शन खुला गरिने जानकारी दिए।

सोही कार्यक्रममा चीनका धर्मगुरु इनसुनको पनि सहभागिता रहने समितिका अध्यक्ष लामाले बताए। कार्यक्रमका लागि भारत, चीन, श्रीलङ्का, म्यान्मा, ब्राजिल, जर्मनी, जापान, थाइल्यान्ड लगायत मुलुकका राजदूत तथा कूटनीतिक व्यक्तित्वलाई आमन्त्रण गरिएको छ। 

गत वर्षको वैशाखमा आएको भूकम्पका कारण चैत्यमा क्षति भएपछि सर्वसाधारणको दर्शनका लागि चैत्यभित्र प्रवेशमा प्रतिबन्ध लगाइएको थियो। करिब रु २३ करोडको लागतमा जीर्णोद्धार तथा पुनःनिर्माण सम्पन्न भएको समितिले जनाएको छ। 

सो चैत्यको जीर्णोद्धार सम्पन्न भएपछि आइतबार राति प्राणप्रतिष्ठा गरिएको छ। जीर्णोद्धारका क्रममा नजानेर अन्जानमा भएका त्रुटिबाट मुक्त हुनका लागि क्षमादान गर्दै प्राणप्रतिष्ठा गरिएको उक्त कार्यक्रममा महायानी सम्प्रदायअन्तर्गत निङ्मा, काग्यु, गेलुक र शाक्य सम्प्रदायका ठूला धर्मगुरुद्वारा विधि विधानपूर्वक विशेष पूजा गरिएको थियो। 

बौद्ध दर्शनको महायान तथा बज्रयान सम्प्रदायका विशिष्ट धर्मगुरुले शान्ति पाठसमेत गर्नुभएको थियो। प्राणप्रतिष्ठाको प्रक्रियापछि देवता चलायमान हुने विश्वास गरिन्छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell