PahiloPost

Jun 12, 2025 | ३० जेठ २०८२

राप्रपा र राप्रपा नेपालबीच पार्टी एकीकरण, हेर्नुस् १३ फोटोमा

राप्रपा र राप्रपा नेपालबीच पार्टी एकीकरण, हेर्नुस् १३ फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : कमल थापाको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र पशुपति शमशेर राणाको राष्ट्रिय प्रजातन्त्र पार्टीबीच आज पार्टी एकीकरण भएको छ।
 
एकीकरणपछि अब पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी रहनेछ। संसदमा चौथो र सातौं शक्तिको रुपमा रहेका पार्टीहरु चौथो शक्तिका रुपमा रहनेछन्। संसदीय दलको नेता भने अब कमल थापा हुनेछन्।
 
यसअघि गत साउन २५ गते दुवै पार्टीबीच एकीकरणको मिति तय भए पनि सरकारमा सहभागिताको विषयले एकीकरण पछाडि धकेलिएको थियो। राप्रपा नेपालको अहिले संसदमा २५ सांसद छन् भने राप्रपाका १२ सांसद रहेका छन्।
 
पार्टी एकीकरण कार्यक्रममा दुवै पार्टीका अध्यक्षले एकीकरण घोषणापत्रमा हस्ताक्षर गरी खुसी मुद्रामा हात मिलाएका थिए।

फोटोमा हेर्नुस्, राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको पार्टी एकीकरणका दृश्यहरु-


ट्रेन्डिङ पोस्ट

Ncell