PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

साहरुख अभिनित 'रईज'को प्रदर्शन मिति सर्‍यो, ट्रेलर पनि ढिलो आउने



पहिलोपोस्ट

साहरुख अभिनित 'रईज'को प्रदर्शन मिति सर्‍यो, ट्रेलर पनि ढिलो आउने

प्राविधिक समस्याका कारण बलिउड स्टार साहरुख खान अभिनिता फिल्म 'रईज' प्रदर्शन ढिला हुने भएको छ।
 
फिल्मको रिलिज मिति सरेसँगै ट्रेलर र गीतहरु पनि ढिलो सार्वजनिक हुने भएको हो।
 
साहरुखले आफ्नो फिल्म रईजको ट्रेलर डिसेम्बरमा आउने बताएका छन्। तर उनले मिति खुलाएका छैनन्। सुरुवातमा रइज सलमान खानको सुल्तानसँगै आउने बताइएको थियो। प्राविधिक कारणले ढिलाइ भएपछि मुभी थिएटरमा हुने भिडन्त टरेको थियो। त्यससँगै ऋतिक रोशनको कबाली र साहरुखको बक्स अफिस भिडन्तमा उत्रने आकलन गरिएको थियो।
 
कबाली आउँदो जनवरी २६ बाट सिनेमा हलमा लाग्दै छ। तर निर्माता रितेश सिधवानी, फरहान अख्तर र गौरी खानले सम्भावित भिडन्त पछाडि सारेका हुन्। ऋतिकसँग साहरुखको राम्रो सम्बन्ध भए पनि बक्स अफिस भिडन्तका लागि शाहरुख तयार देखिएका थिए। तर निर्माता फरहानले फिल्मलाई एक सातापछाडि रिलिज गर्ने तयारी गरेको बलिउड हंगामाले लेखेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell