PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

'शब्द'मा बरालको गीत, पुस २९ देखि प्रदर्शनमा आउने



पहिलोपोस्ट

'शब्द'मा बरालको गीत, पुस २९ देखि प्रदर्शनमा आउने

काठमाडौं : फिल्म 'शब्द'मा कृष्णहरि बरालको शब्द र गैरे सुरेशको संगीत रहने भएको छ।

छिरिङ दोर्जे लामाको निर्माणमा बन्न लागेको फिल्म 'शब्द'का गीतमा गैरे सुरेशसँगै राजनराज शिवाकोटीको पनि शब्द र संगीत रहेको छ।

पुस २९ बाट प्रदर्शनमा आउने फिल्मलाई सन्तोष शिवाकोटीले निर्देशन गर्ने भएका छन्। एक दशकभन्दा बढी समय आकाश अधिकारी, तुलसी घिमिरे, शिव रेग्मी आदि सक्रिय निर्देशकहरुलाई असिस्ट गरेका शिवाकोटीको यो फिल्म डेब्यु निर्देशन हो। एडिटरका रुपमा फिल्म क्षेत्रमा लागेका उनले भने, 'समयसँगै सँगालिले अनुभवले काम सिकाउने हो। निर्देशकका रुपमा पनि राम्रो गरेको छु जस्तो लाग्छ।'
 
फिल्ममा मित्रता, प्रेम, मिलन र विछोडसम्मको कथालाई देखाइने निर्देशक शिवाकोटीले बताए। 'सिक्लेस गाउँका तीन घनिष्ठ साथीहरु मोती, काशी र लाहुरेको जीवनमा हुने अकल्पनीय घटनाले फिल्मको कथालाई अघि बढाउँछ,' उनले भने।
 
फिल्ममा सौगात मल्ल, कमली वाइबा, रोय दिव श्रेष्ठ, अर्जुन गुरुङ, अर्जुन गुरुङ, राज थापा, ओसिन भट्टराई, अनोज पाण्डे लगायत कलाकारको भूमिका रहेको छ।
 
श्री बज्रयान पिक्चर्सको प्रस्तुति 'शब्द'लाई यम थापाले लेखेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell