PahiloPost

Mar 16, 2025 | २ चैत्र २०८१

पार्टी एकीकरणपछि कमल थापाले भने- 'राप्रपालाई धेरैले हेपे, अब इख झार्नेछौं'



पहिलोपोस्ट

पार्टी एकीकरणपछि कमल थापाले भने- 'राप्रपालाई धेरैले हेपे, अब इख झार्नेछौं'

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले अब कुनै पनि दल संविधानमा आफ्ना माग पूरा नभएको भन्दै बन्दुक बोकेर जंगल पस्ने र सीमा नाकामा धर्ना नबस्नुपर्ने बताएका छन्।
 
राजधानीमा आज राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीचको एकीकरण कार्यक्रममा बोल्दै थापाले अहिलेको संविधानले विचार स्वतन्त्रतको ग्यारेन्टी गरेको र संविधान संशोधनको सहजीकरण गरेकाले चित्त नबुझेका विषयमा संसदमा नै  छलफल गर्न सकिने बताए।
 
अहिलेको सरकारले तत्काल मधेसका समस्या समधान गर्नुपर्ने उनको भनाइ छ। 'मधेसको समस्या समधान नभएसम्म संविधान कार्यन्वयन र कुनै पनि निर्वाचन सम्भव छैन,' उनले भने, 'जतिसक्दो चाँडो यो समस्या समाधान गर्नु जरुरी छ।'
 
सरकार र मधेसवादी दलहरु लचक भए मात्रै समाधान निस्कने भन्दै उनले चाँडै समधान नखोजिए अतिवादी र विखण्डकारी शाक्तिको हाबी हुने खतरा औंल्याए। समयमा नै निर्वाचन सम्पन्न नभए संविधान कार्यन्वयन खतरामा पर्ने समेत उनको भनाइ छ।

पार्टी एकीकरणपछि राप्रपा एउटा शक्तिशाली पार्टी भएर उदाउने र जनताका काम गर्ने समेत थापाले बताए। इख नभएको मान्छे र बिख नभएको सर्प काम नलाग्ने भन्दै उनले राप्रपालाई धेरैले हेपेको र उपेक्षा गरेकाले अब भने सबैको इख झार्ने गरी काम गर्ने समेत दाबी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell