
काठमाडौं : लोकगायिका तथा सञ्चारकर्मी कोमल ओली राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी छिन्।
राजधानीमा सोमबार भएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीचको एकीकरण घोषणासभा कार्यक्रममा ओली पार्टी प्रवेश गरेकी हुन्। उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणाले फूलमाला लगाएर पार्टी प्रवेश गराए।
कार्यक्रममको अन्त्यतिर पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले 'तपाईंहरुलाई एउटा खुसीको खबर सुनाउँछु' भन्दै ओलीले पार्टी प्रवेश गरेको घोषणा गरेका थिए।
ओलीले दुई पार्टीको एकीकरण कार्यक्रममा आफैंले उद्घोषण समेत गरेकी थिइन्।