PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

धर्मनिरपेक्षता ल्याउनेलाई पशुपति शमशेरको चुनौती, भन्छन्- 'धर्मयुद्ध ननिम्तियोस्'



पहिलोपोस्ट

धर्मनिरपेक्षता ल्याउनेलाई पशुपति शमशेरको चुनौती, भन्छन्- 'धर्मयुद्ध ननिम्तियोस्'

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणाले देशमा धर्मनिरपेक्षता ल्याउनेलाई चुनौती दिएका छन्।
 
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीको एकीकरण घोषणासभामा बोल्दै राणाले जनतालाई भ्रममा पारेर हिन्दु निरपेक्ष राष्ट्र घोषण गरेको बताए।
 
हिम्मत भए हिन्दु राष्ट्र र निरपेक्षताको बारेमा जनमत संग्रह गर्न उनले चुनौती पनि दिए। संविधान संशोधन गरेर हिन्दु राष्ट्र नभए देशमा हिन्दुवादीले धर्म युद्ध गर्ने उनले चेतावनी दिएका छन्। 'यसरी हुने युद्धको नेतृत्व राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्नेछ,' उनले भने, 'एकीकरणपछि अब राप्रपा पहिलो पार्टी भएर देशमा उदाउनेछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell