PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

स्तन क्यान्सरपीडित सुजातालाई पाठेघरको पनि क्यान्सर, गरियो शल्यक्रिया



पहिलोपोस्ट

स्तन क्यान्सरपीडित सुजातालाई पाठेघरको पनि क्यान्सर, गरियो शल्यक्रिया

काठमाडौं : स्तन क्यान्सरबाट पीडित कांग्रेस नेतृ सुजाता कोइरालालाई पाठेघरको समेत क्यान्सर भएको पुष्टि भएको पारिवारिक स्रोतले बताएको छ। आजै उनको पाठेघरको शल्यक्रिया गरिएको छ।
 
स्तन क्यान्सरको उपचारका लागि सिंगापुरको सेन्ट पिटर्सवर्गमा उनी पाँच दिन बसेकी थिइन्। त्यहाँको उपचारपछि मलेसिया थप परीक्षण गराउँदा उनमा पाठेघरको पनि क्यान्सर भएको पत्ता लागेको हो। आइतबार मलेसियाको सनवे हस्पिटल पुगेकी उनको आज पाठेघरको सफल शल्यक्रिया गरिएको हो। तर उनलाई किमो भने चलाइएको छैन।
 
सिंगापुरमा उनको उपचारमा संलग्न चिकित्सकले नै मलेसियामा थप परीक्षण गराउनका लागि रिफर गरेका थिए। सुजाताको एकातिरको ब्रेस्टमा क्यान्सर देखिएको छ भने अर्कोतिरको पनि परीक्षण गरिएको छ। जसको रिपोर्ट आउन बाँकी रहेको चिकित्सकले बताएका छन्।
 
क्यान्सरको उपचारका लागि उनी कात्तिक २८ गते उनी सिंगापुर गएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell