PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

सिस्टम कोल्याप्सले एक्कासी राजधानी अँध्यारो, कुलमानले उपभोक्तासँग मागे माफी



पहिलोपोस्ट

सिस्टम कोल्याप्सले एक्कासी राजधानी अँध्यारो, कुलमानले उपभोक्तासँग मागे माफी

काठमाडौँ : सोमबार साँझ पौने ६ बजेदेखि काठमाडौँ उपत्यका एक्कासी अन्धकार भयो।

नेपाल विद्युत प्राधिकरणका एमडी कुलमान घिसिङले केही प्राविधिक कारणले सिस्टम कोल्याप्स भई राजधानी लगायत मध्य क्षेत्रको विद्युत आपूर्ति बन्द भएको जानकारी दिए। 

'सिस्टम रिस्टोर हुन केही समय लाग्छ', घिसिङले भने, 'ग्राहकहरुले भोग्नुपरेको असुविधाका लागि माफी चाहन्छौँ।' 

राजधानीमा तिहारदेखि घोषित लोडसेडिङको सेड्युलमा पनि विद्युत आपूर्ति काटिएको छैन। तिहारयता पूरै काठमाडौँ उपत्यका अन्धकार बनेको यो पहिलो घटना हो। 

अपडेट : यसैबीच साँझ ६ बजेर २० मिनेटमा काठमाडौँका अधिका‌ंश भागमा विद्युत आपूर्ति सुचारु भएको छ। 

अपडेट १ :  नेपाल विद्युत प्राधिकरणको 'कोल्याप्स सिष्टम  रिष्टोर' भएको छ। सिष्टम बनेपछि राजधानी लगायतका देशका प्रमुख शहरमा अवरुद्ध बिजुली बल्न थालेको हो।
 
सोमबारसाँझ पौने छ बजे देखि ४५ मिनेटसम्म विद्युत अवरुद्ध भएको थियो।  'सिष्टम ब्लिट भएको थियो, प्राधिकरणको भारप्रेषण केन्द्र प्रमुख विष्णुप्रसाद श्रेष्ठले भने- अहिले बनि सकेको छ।'  समस्या आउनुको विस्तृत कारण थाहा भइ नसकेको उनले जानकारी दिए। 
 
समस्या आउने वित्तिकै समाधानका लागि प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ सहित उच्च अधिकारी समाधानका लागि जुटेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell