A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.69813db4c776f1.46390776): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.69813db4c776f1.46390776,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.69813db4c7ba75.49594164): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.69813db4c7ba75.49594164,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

प्रमुख तीन दलको बैठकले सहमति हैन विमति बढायो : एकअर्कालाई अहङ्कार र दम्भ देखाएको आरोप
PahiloPost

Feb 3, 2026 | २१ माघ २०८२

प्रमुख तीन दलको बैठकले सहमति हैन विमति बढायो : एकअर्कालाई अहङ्कार र दम्भ देखाएको आरोप



मनोज सत्याल

प्रमुख तीन दलको बैठकले सहमति हैन विमति बढायो : एकअर्कालाई अहङ्कार र दम्भ देखाएको आरोप

काठमाडौँ : संविधान संशोधनको विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा बसेको प्रमुख तीन दलको बैठक सत्तापक्ष र प्रमुख प्रतिपक्षीबीचको आरोप प्रत्यारोपमै टुङ्गिएको छ।

बैठकमा सहभागी प्रमुख प्रतिपक्षी दल नेकपा एमाले उपाध्यक्ष भीम रावलका अनुसार प्रधानमन्त्रीले एमालेलाई ‘तपाईँहरुले अहँकार देखाउनु भयो’ भनी आरोप लगाएका थिए। 

आफूहरुले पनि ‘औचित्यहीन संविधान संशोधन प्रस्ताव दर्ता गराएर मुलुकलाई मुठभेडमा लैजाँदै हुनुहुन्छ’ भन्ने जवाफ दिएको रावलले बताए। 
रावलले संविधानको वर्तमान कुन धाराले कुन वर्ग र लिङ्गलाई भेदभाव गरेको छ भनी आफूहरुले बैठकमा प्रश्न राखेको सञ्चारकर्मीहरुलाई बताए। 

माओवादी नेता वर्षमान पुनले पनि बैठकमा असहज स्थिति देखिएको संकेत गर्दै भने, ‘एमाले पार्टीमा अलिकति अहंकार, दम्भ र हामी बिना कोही पनि अगाडि बढ्न सक्दैन भन्ने जस्तो देखियो। जिम्मेवारीपूर्वक एमालेले सोचोस्।‘

उनले अगाडि भने, ‘एमालेको पोजिसन अहिले चेन्ज भएको पाइयो। यसअघि तीन दलको बैठकमा संविधान संशोधन दर्ता गर्नुस्, छलफल पनि हुँदै गर्छ भन्ने धारणा आएको थियो।‘

‘त्यसै हिसाबले संशोधनको अन्तर्वस्तुको हिसाबमा छलफल गर्न आजको बैठक डाक्दा एमालेले संशोधनमा सहयोगभन्दा पनि दर्ता र छलफल नै हुन नदिने जस्तो कुरा गर्‍यो‘, पुनले अगाडि भने, ‘यसले हामीलाई स्तब्ध बनाएको छ।‘

रावलले चाहिँ जसका लागि संविधान संशोधन गर्ने भनेको हो त्यो अर्थात् मधेसी मोर्चा पनि सहमत नभएको संशोधन किन गर्ने र विगतमा पनि पहिलो पटक संविधान संशोधन गर्दा मोर्चाले देश सामान्य बन्छ भने पनि त्यस अनुसार नभएको कुरा बैठकमा राखेको जानकारी दिए। 

उपप्रधानमन्त्री विमलेन्द्र निधिले अब संविधान संशोधनको विषयमा आफूहरुले मधेसी मोर्चासँग बुधबार छलफल गर्ने जानकारी दिए। ‘उहाँहरु पनि एक हिसाबले यो गठबन्धनको सत्तापक्ष हो’, उनले भने। 

प्रधानमन्त्रीले कात्तिक मसान्तसम्म संविधान संशोधन प्रस्ताव दर्ता गर्ने बताउँदै आए पनि त्यो हुन नसकेपछि मधेसी मोर्चासहितको गठबन्धनले १५ दिनको अल्टिमेटम दिएको थियो। 




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell