
काठमाडौं : सोल्टी होटल लिमिटेड काठमाडौंले आगामी शुक्रबार आफ्नो ५० औं वर्ष पुरा गर्दैछ । ५० वर्षको अवसरमा होटलले शुक्रबारबाटै एक हप्ताको विभिन्न कार्यक्रम पनि आयोजना गर्दैछ।
त्यसै अवसरमा होटलले शनिबार सोल्टी क्राउन प्लाजा गोल्डेन जुब्ली गल्फ टुर्नामेन्ट २०१६ को आयोजना गर्दछ। गल्फ टुर्नामेन्ट गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा आयोजना हुनेछ।
टुर्नामेन्ट १८ होलमा अन्तर्गत स्टेबल ३/४ फर्म्याटमा खेलाइनेछ। इस पटक पुरुषको लागि ह्याण्डीक्याप २४ र महिलाका लागि ३६ हुनेछ।
टुर्नामेन्टमा सहभागी जनाउनेहरुका लागि विभिन्न पुरस्कार प्रदान गरिनेछ। टुर्नामेन्टको ओभरअल विजेता र उपविजेतासँगै बेस्ट ग्रोसर एण्ड रनर अफ, लेडिज विनर एण्ड रनर अफ, बेष्ट ग्रोसर विनर, सिनियर विनर एण्ड रनर अफ, जुनियर विनर, सब जुनियर विनर, लङ्गेस्ट ड्राइभ मेन, क्लोजेस्ट टु पिन, सिनियर सुपर विनर हरुलाई पुरस्कार दिइनेछ।
फाइभ स्टार क्याटेगोरी विनरलाई पनि पुरस्कार प्रदान गरिनेछ।
अन्य अट्रयाक्टिभ पुरस्कार समेत रहेको छ। टुर्नामेन्टलाई क्याथी ड्रागन, नविल बैंक, टेले टक प्रा ली, सिभिल होम्स, पुजा इन्टरनेशसलको स्पोन्सर रहेको छ।