PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

​पथलैयामा सुपारी बम पडकिदा एक जना घाइते, स्कूलमा पनि हल्ला र भागदौड



राधेश्याम पटेल

वीरगन्ज : बाराको पथलैयामा एउटा घरमा विस्फोट हुँदा बारा ,गढीमाई नगरपालिका –१६ पिलुवा का गोपीलाल श्रेष्ठ घाइते भएका छन्।

बम विस्फोटबाट श्रेष्ठको देब्रे हात क्षतविक्षत भएको बारा प्रहरीले जनाएको छ। उनलाई वीरगन्जको  नारायणी उपक्षेत्रीय अस्पतालमा प्रारम्भिक उपचार गरी थप उपचारको लागि चितवनको भरतपुर लगिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक गोविन्द कार्कीले जानकारी गराए।

वन्यजन्तु सिकार गर्न स्थानीयहरुले बारुदको डल्ला पारी सुपारी जस्तै बम बनाउने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ। त्यस्तै किसिमको बम बनाउँदै गर्दा विस्फोट भएको प्रहरीको आश‍ंका छ।

 स्थानीयहरुले पटाकाको बारुदले सुपारी बम बनाई मासुसँगै जंगलमा राखेर वन्यजन्तुलाई माने गर्छन्। यो घटना वन्यजन्तुको सिकारको लागि बनाउने बम पडकिदा भएको प्रहरीको दावी छ।

  त्यसैगरी ,पथलैयामा बम पडकेको खबर बजारमा फैलिएपछि त्यहाँको एउटा स्कूलमा पनि भागदौड मचेको प्रहरीले बताएको छ ।पथलैयाको होली गार्डेन इंग्लिस स्कुलमा बम राखिएको हल्ला भएपछि पुरै स्कूल खाली गराएर सुरक्षा फौजबाट खोजतलासी भएको थियो।

एक्कासी बम स्कूलमा राखिएको  हल्लाभएपछि अभिभावकहरु आफना छोराछोरी लिन स्कूल पुगेको थिए र विद्यार्थीहरुमा भागदौड मच्चिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell