PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

एमाले भ्रातृ संगठनको चेतावनी- 'संविधान संशोधनको दुस्प्रयास गरे कफन बाँधेर सडकमा आउँछौं'



पहिलोपोस्ट

एमाले भ्रातृ संगठनको चेतावनी- 'संविधान संशोधनको दुस्प्रयास गरे कफन बाँधेर सडकमा आउँछौं'

काठमाडौं : जनताको भावनाविपरीत संविधान संशोधन गर्न लागिएको भन्दै एमालेको दुई भ्रातृ संगठन युवा संघ नेपाल र अनेरास्ववियुले आन्दोलनको चेतावनी दिएका छन्।
 
सत्ता स्वार्थ र गलत प्रभावमा परेर संशोधन गर्न लागिएको कुरा बाहिर आएको जनाउँदै दुई संगठनले 'संशोधनको दुस्प्रयासविरुद्ध' आन्दोलनको चेतावनी दिएका हुन्।
 
'९१ प्रतिशत जनप्रतिनिधिहरुको सहभागितामा जारी गरिएको संविधान मात्र ८-९ प्रतिशतले अवमूल्यन गर्ने र नमान्ने कुरा किमार्थ लोकतान्त्रिक र जनभावनाको कुरा होइन,' आज जारी विज्ञप्तिमा भनिएको छ, 'प्राविधिक विषयभन्दा पनि आम जनताको भावनाविपरीत संविधान संशोभन गर्ने दुस्प्रयास भयो भने जनता चुप लाग्नेछैनन्। र, युवा विद्यार्थी शिरमा कफन बाँधेर सडकमा आउनेछन्।'
 
अनेरास्ववियुकी अध्यक्ष नविना लामा र युवा संघ नेपालका अध्यक्ष राजिव पहाडीद्वारा हस्ताक्षरित विज्ञप्तिमा ९१ प्रतिशतभन्दा बढी जनप्रतिनिधिको सहमतिमा जारी भएको संविधान 'छिमेकीलाई मन नपरेको' उल्लेख गर्दै यी संगठनले मधेसी जनताको नाममा केही थान मधेस आधारित दलहरुले वितण्डा मच्चाएको समेत आरोप लगाएका छन्।
 
यसैबीच, संगठनले संविधान संशोधन र कार्यान्वयनका विषयमा नेकपा एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस, राप्रपा, मधेस केन्द्रित शीर्ष नेताहरु सहभागी गराई आउँदो ९ गते विचार गोष्ठी गरिने समेत जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell