PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

थप सुन्दर बन्दै फेवाकिनार, १२० वटा लालुपाते रोपियो



पहिलोपोस्ट

थप सुन्दर बन्दै फेवाकिनार, १२० वटा लालुपाते रोपियो

पोखरा : पर्यटकीय स्थल पोखराको फेवाताल किनारमा लालुपाते फूल रोपिएको छ। डेनियल संस्थाको सहयोगमा १२० वटा लालुपाते फूलका बिरुवा रोपिएका हुन्।
 
सामुदायिक प्रहरी सेवा केन्द्र बैदाम तथा सामुदायिक सेवा केन्द्रको आयोजनामा फेवाताललाई थप सुन्दर बनाउन फूल रोपिएको सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष भीम पराजुलीले बताए। फूल रोप्नका लागि युवा सङ्घ बैदामका युवाको सक्रियतामा खाल्टा खनिएको थियो। ती फूलका बिरुवा भने कोरियन नागरिक डेनियलले बिरुवा उपलब्ध गराएका हुन्। उनले  हल्लनचोक क्षेत्रमा सात ओटा डस्विन समेत उपलब्ध गराएका छन्।
 
लालुपाते रोप्नका लागि बैदामका आमा समुह, टोल विकास संस्था, राजनीतिक पार्टी, युवा क्लब, सुरक्षा निकायहरुको सहभागिता थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell